१६ चैत्र २०८२, सोमबार ०८:०९
काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट निर्वाचित शर्मा आइतबार मध्यराति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप लगाइएको छ।
यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर रहँदा शर्माको घरबाट एक बालिकालाई उद्धार गरिएको थियो। सो विषयमा शाहले २०८१ माघ २९ गते सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पीडित बालिकालाई हौसला दिएका थिए।
स्रोतका अनुसार प्रहरीले शर्मालाई पक्राउ पुर्जीसमेत नदिई मध्यरातमा उठाएर लगेको बताइएको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।








प्रतिकृया दिनुहोस्