Author: Bagmati Darpan

  • दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

    दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

    गण्डकी। आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गरेको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा कृषिप्रतिको नकारात्मक सोच कायमै रहेका समयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले भरतपोखरीस्थित सुरौदीको तिखेढुङ्गामा दुई पाडी पाल्न सुरु गरेका थिए ।

    आचार्यलाई तत्कालीन समयमा आफ्नै छिमेकी, इष्टमित्रसमेतले के गरेको होला भनेर होच्याउँथे, कुरा काट्ने गर्थे । तर समय बदलिएको छ, त्यसबेला होच्याउने र खिस्सीट्युँरी गर्नेहरू अहिले भने उनको फस्टाइरहेको भैँसीपालनसहितको व्यावसायिक कृषि कर्म देखेर लोभिएका छन् । भैँसीपालनले व्यावसायिक रूप लिँदा आचार्य आफैँ आफ्नो पेसाप्रति गौरवान्वित छन् । पाडी पाल्न सुरु गर्दा तिखेढुङ्गामा केवल झाडीमात्र रहेको र त्यसलाई फाँडेर पाल टाँगेर बसेको उनले अनुभव सुनाए ।

    “वरपर जङ्गलको बीचमा पाल टाँगेर मैले यो व्यवसाय सुरु गरेको हुँ”, आचार्यले भने, “पछि गोठ तथा धन्सार बनाएर त्यसलाई व्यवस्थित गर्दै लगेँ, अहिले गोठमा ३० भैँसी छन् ।”

    पछिल्ला समयमा हरेक वर्ष लैनो भैँसी बेच्ने गरेको आचार्यले बताए । उनले अघिल्लो वर्ष १८ लैनो भैँसी बेचे । भैँसी बिक्री गर्न समस्या छैन । सामान्यतः एउटा लैनो भैँसी रु एक लाखसम्ममा बिक्री हुने गरेको छ । स्नातक तहसम्मको अध्ययन गरेका आचार्य आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकसमेतको अनुभव सँगाल्दै अहिले पूर्ण रूपमा व्यावसायिक कृषिमा लागेका छन् ।

    विसं २०७८ मा तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म दर्ता गरी व्यावसायिक कृषि कर्ममा लागेका आचार्यले भैँसीपालनसँगै व्यावसायिक रूपमा तरबुजाखेतीसहित तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आएका छन् । फार्ममा उनले हाल मकैखेती, तरबुजा, काँक्रो, लसुन, प्याजलगायत गरिरहेका छन् । आचार्यले सुरुमा २०७६ सालमा साना किसानबाट रु तीन लाख ऋण लिएर व्यावसायिक कृषि थालेकामा पछि फार्म दर्ता भएपश्चात कृषि विकास बैंकबाट ऋण लिएर आफ्नो व्यावसायिक यात्रा सुरु गरेका हुन् ।

    व्यावसायिक कृषिमा नयाँनयाँ प्रयोग गर्न रुचाउने आचार्यले सुरुमा १५–२० बोट तरबुजाखेती परीक्षणका रूपमा गरे । अर्को वर्ष दुई रोपनी क्षेत्रफलमा थपे । राम्रो उत्पादन दिएपछि अघिल्लो वर्ष करिब ३५ रोपनी क्षेत्रफलमा संयुक्त रूपमा उक्त खेती गरे । श्रीमती धनलक्ष्मी, स्नातक तहमा अध्ययनरत छोराछोरीको साथले आचार्य आफ्नो कृषिकर्मप्रति उत्साहित छन् । सुरौदी खोलाको बाढीले बर्सेनि कटान भइरहेकाले नियन्त्रणसँगै यहाँको पानीलाई सिँचाइका लागि उपयोग गरिनुपर्ने उनी बताउँछन् ।

    खोलामा पक्की पुल तथा बाटो व्यवस्थित नहुँदा दूध बजारसम्म पुर्याउन नसकिएको आचार्यले दुखेसो गरे । बाँदरको समस्या सुरौदीमा पनि उस्तै छ । फार्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको आचार्यको भनाइ छ । सुरौदीसम्मको बाटो थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पुर्याउन सहज हुने उनले बताए ।

    सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताउँछन् । व्यवस्थित गर्न सके मात्रै पनि यहाँ उपलब्ध पानीको स्रोतलाई उत्पादनसँग जोड्न सकिने उनले बताए । सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा परेको आचार्यको भनाइ छ ।

  • मणिका धाममा परम्परागत मेला लाग्ने

    मणिका धाममा परम्परागत मेला लाग्ने

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाम (मुडका)मा लाग्ने परम्परागत मेला (जाँत)को तयारी पूरा भएको छ । यही फागुन १३ र १४ गते आयोजना हुने मेलाका लागि मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा व्यवस्थापनका कार्य सम्पन्न गरिएको हो ।

    वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेला व्यवस्थित र सुरक्षित बनाउन पूर्वतयारीलाई तीव्रता दिइएको छ । मन्दिर परिसरभन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका लागि पसल राख्न मैदान सम्याउने, झाडी सरसफाइ गर्ने र आवश्यक संरचना मिलाउने कार्य सम्पन्न गरिएको समितिले जनाएको छ ।

    दर्शनार्थीको सहज आवागमनका लागि सवारीसाधन पार्किङस्थल निर्धारण गरिएको छ । “मन्दिर परिसर र त्यस आसपास क्षेत्रलाई दर्शनार्थीका लागि छुट्याएका छौँ”, समितिका अध्यक्ष पुरन हमालले भने, “मेला क्षेत्रमा मदिरा पूर्ण रूपमा निषेध गरिएको छ ।”

    दर्शनार्थीका सवारीसाधन आवतजावत गर्ने सडक मर्मतको कार्य अगाडि बढाइएको अध्यक्ष हमालले जानकारी दिए । खानेपानीको पनि उचित प्रबन्ध गरिएको उनको भनाइ छ । शान्ति, सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको जनाइएको छ । मेला अवधिभर अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पारिने उनले उल्लेख गरे ।

    ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलालाई मन्दिरमा दर्शनका लागि प्राथमिकता दिने निर्णय गरिएको समितिका कोषाध्यक्ष डम्बरबहादुर ऐरले बताए ।

    हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन दिउँसो मुडकामा मेला लाग्ने परम्परा छ । मेलाका अवसरमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले जिल्लाकै महत्त्वपूर्ण गन्तव्यका रूपमा मुडकालाई लिइन्छ ।

    मुडकास्थित बैजनाथ बाबाको दर्शन गरेमा इच्छित फल प्राप्त हुने जनविश्वास रहिआएकाले मेलामा नेपाल र भारतका हजारौँ दर्शनार्थी सहभागी हुने गर्दछन् । यस अवसरमा व्यापारीको ठूलो जमघटसमेत हुने गर्दछ ।

    मुडका क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर तथा मन्दिर नजिकै तलाउ छ । मन्दिर परिसर नजिकै हाल रु दुई करोड बढीको लागतमा आधुनिक शैलीको भजनघर निर्माण गरिएको छ । पहिलोपटक मन्दिर क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको छ ।

    पूर्वपश्चिम राजमार्गबाट झण्डै ११ किलोमिटर उत्तर चुरेको फेदीमा अवस्थित यो क्षेत्र प्राचीनकालदेखि नै पहाडी क्षेत्रबाट चौपायासहित हिउँदमा बसाइँ सर्नेहरूको आश्रयस्थलका रूपमा परिचित रहेको स्थानीय बासिन्दा बताउँछन् ।

  • आज फागुन  १० गते, आइतबार तपाईंको राशिफल

    आज फागुन १० गते, आइतबार तपाईंको राशिफल

    मेष

    आज तपाईंका लागि समय अनुकूल देखिन्छ। लामो समयदेखि प्रतीक्षा गरिरहनुभएको कुनै अवसर अचानक प्राप्त हुन सक्छ। पेशागत क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्ने संकेत छ, जसले भविष्यमा तपाईंको प्रतिष्ठा र पदोन्नतिमा सहयोग पुर्‍याउनेछ। सामाजिक कार्यक्रममा सहभागी हुँदा प्रभावशाली व्यक्तिसँग चिनजान बढ्ने सम्भावना छ। आर्थिक पक्ष सन्तुलित रहनेछ, तर खर्च व्यवस्थापनमा ध्यान दिनु राम्रो हुन्छ। पारिवारिक वातावरण सुखद रहनेछ र दाम्पत्य जीवनमा समझदारी बढ्नेछ।

    वृष

    आज निर्णय गर्दा हतार नगर्नु नै बुद्धिमानी हुनेछ। कसैले आकर्षक प्रस्ताव राखे पनि त्यसको दीर्घकालीन प्रभावबारे गहिरो मूल्यांकन गर्नु आवश्यक छ। आर्थिक लाभ सामान्य रहने देखिए पनि अनावश्यक खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ, जसका कारण केही तनाव अनुभव हुन सक्छ। परिवारसँग समय बिताउँदा मानसिक शान्ति प्राप्त हुनेछ। स्वास्थ्यमा सामान्य थकान देखिन सक्छ, त्यसैले पर्याप्त आराम गर्नु उपयुक्त हुन्छ।

    मिथुन

    आम्दानीका स्रोत विस्तार हुने संकेत देखिन्छ। व्यापार वा सेवाक्षेत्रमा संलग्न व्यक्तिहरूका लागि लाभदायक सम्झौता हुन सक्छ। साझेदारीमा काम गर्नेहरूलाई सकारात्मक नतिजा प्राप्त हुने सम्भावना छ। नयाँ योजना सुरु गर्नका लागि समय उपयुक्त छ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने देखिन्छ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। स्वास्थ्य सन्तोषजनक रहनेछ, तर खानपानमा संयमता अपनाउनु राम्रो हुनेछ।

    कर्कट

    आज कार्य सम्पन्न गर्न दोहोरिएको प्रयास आवश्यक पर्न सक्छ। केही काम अपेक्षा गरेअनुसार अघि नबढे पनि धैर्य राख्नुपर्छ। सहकर्मी वा परिवारका सदस्यसँग सानो मतभेद हुन सक्छ, तर संवादमार्फत समाधान सम्भव छ। स्वास्थ्यमा साना समस्या जस्तै टाउको दुखाइ वा थकान देखिन सक्छ। ध्यान वा योग अभ्यासले लाभ पुर्‍याउनेछ। आर्थिक रूपमा सामान्य दिन रहनेछ।

    सिंह

    आजको मेहनतले भविष्यमा राम्रो फल दिने संकेत छ। नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईंको सुझावलाई महत्व दिइनेछ। साथीभाइको सहयोगले आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष मजबुत बन्ने सम्भावना छ। प्रेम सम्बन्धमा मधुरता कायम रहनेछ। नयाँ सीप सिक्न वा तालिम लिनका लागि समय उपयुक्त देखिन्छ।

    कन्या

    महत्वपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। व्यापारिक गतिविधिमा लाभसँगै प्रतिष्ठा वृद्धि हुने समय छ। कार्यक्षेत्रमा तपाईंको मेहनतको प्रशंसा हुन सक्छ। पारिवारिक जीवन सुखद रहनेछ र कुनै शुभ समाचार प्राप्त हुन सक्छ। आर्थिक अवस्था सुधारोन्मुख रहनेछ। स्वास्थ्यमा सुधार देखिए पनि नियमित व्यायामलाई निरन्तरता दिनु आवश्यक छ।

    तुला

    आज स्वास्थ्य सन्तोषजनक रहनेछ। प्रियजनसँग भेटघाट वा सानो यात्राको अवसर मिल्न सक्छ। दाम्पत्य जीवनमा मधुरता बढ्नेछ। कार्यक्षेत्रमा सहकार्यबाट सफलता मिल्नेछ। आर्थिक पक्ष स्थिर रहनेछ। कला, साहित्य वा सृजनात्मक क्षेत्रमा रुचि बढ्ने संकेत छ। मानसिक सन्तुलन कायम राख्न सकारात्मक सोच अपनाउनु राम्रो हुनेछ।

    वृश्चिक

    परिस्थितिहरू केही चुनौतीपूर्ण बन्न सक्छन्। निर्णय लिनु अघि गहिरो सोचविचार आवश्यक छ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्छ, तर तपाईंको दृढताले सफलता दिलाउनेछ। आर्थिक पक्षमा सावधानी अपनाउनु राम्रो हुनेछ। परिवारको साथ र समर्थनले मनोबल उच्च राख्नेछ। स्वास्थ्यमा साना समस्या देखिन सक्छन्, त्यसैले नियमित जाँच र सावधानी आवश्यक छ।

    धनु

    सुखद समाचारले उत्साह बढाउनेछ। बौद्धिक र शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति सम्भावित छ। नयाँ अवसर प्राप्त हुन सक्छ जसले करियरमा सकारात्मक परिवर्तन ल्याउनेछ। आर्थिक लाभको संकेत छ। मित्रसँगको सहकार्यले लाभ मिल्नेछ। आध्यात्मिक गतिविधिमा रुचि बढ्न सक्छ। यात्रा सम्बन्धी योजना सफल हुन सक्छ।

    मकर

    बल र बुद्धिको संयोजनले सफलता दिलाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा विजय प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा उच्च अधिकारीको समर्थन मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। पारिवारिक जिम्मेवारी पूरा गर्न सफल हुनुहुनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर तनाव व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ।

    कुम्भ

    धन लाभको सम्भावना प्रबल छ। सामाजिक मान्यता बढ्नेछ र पहिले रोकिएका कार्यहरू सम्पन्न हुनेछन्। नयाँ सम्बन्ध विस्तार हुन सक्छ। कार्यक्षेत्रमा सृजनात्मक सोचले सफलता दिलाउनेछ। पारिवारिक सहयोगले आत्मविश्वास बढ्नेछ। स्वास्थ्यमा सामान्य सुधार देखिनेछ।

    मीन

    अपेक्षित परिणाम प्राप्त नहुन सक्छ, त्यसैले धैर्य आवश्यक छ। अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेट व्यवस्थापन गर्नु उपयुक्त हुनेछ। कार्यक्षेत्रमा अतिरिक्त प्रयास आवश्यक पर्न सक्छ। परिवारको साथले मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउनेछ। स्वास्थ्यमा सन्तुलित आहार र पर्याप्त विश्राम आवश्यक छ। आध्यात्मिक अभ्यासले सकारात्मक ऊर्जा प्रदान गर्नेछ।

  • ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

    ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

    काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्।

    शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्।

    उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने र वातावरण बिगार्ने खेल सुरु गरेको छ।’

    रास्वपाका कार्यकर्ताले अन्य राजनीतिक दलका झन्डाप्रति अभद्र र अमर्यादित व्यवहार देखाउने, चुनावी प्रचारप्रसारमा अवरोध गर्ने र समाजमा तनाव सिर्जना गर्ने काम गरिरहेको आरोप ओलीले लगाएका छन्।

  • गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु

    गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु

    गोरखा । गोरखामा यात्रुवाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानीय ९५ वर्षीया सुकमाया लामाको मृत्यु भएको हो ।

    काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नं को बसले ठक्कर दिँदा गम्भीर घाइते लामाको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
    प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

     

  • जेनेभामा दोस्रो दिन पनि युक्रेन र रुसबिच वार्ता

    जेनेभामा दोस्रो दिन पनि युक्रेन र रुसबिच वार्ता

    काठमाडाैँ । मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार दोस्रो दिनको वार्ता जारी राखेर चार वर्षअघि सुरु भएको युद्धपछि उत्पन्न राजनीतिक र सैन्य मतभेदहरूको समाधान खोज्ने प्रयास गरेका छन् ।

    अधिकारीहरूका अनुसार दुवै पक्षले राजनीतिक र सैन्य मार्गदर्शनका विषयमा कार्य समूहमार्फत परामर्श गर्दै छन् र हिजो छलफल गरिएका निर्णयका मापदण्ड र कार्यान्वयनको स्पष्टता सुनिश्चित गर्न प्रयास भइरहेको छ ।

    स्विट्जरल्यान्डमा जारी वार्ता अमेरिकाद्वारा आयोजित प्रत्यक्ष वार्ताको तेस्रो चरण हो । यसअघि यसैवर्ष अबुधाबीमा भएको बैठक रचनात्मक भए तापनि सफल हुन सकेको थिएन । अमेरिकी प्रतिनिधि स्टिभ विटकफले सामाजिक सञ्जालमा गत वर्ष युक्रेनमा शान्तिका लागि वासिङ्टनले गरेको दबाबले ‘अर्थपूर्ण प्रगति’ ल्याएको बताउनुभयो तर लडाइँ जारी रहेको पुष्टि पनि गरे ।

    हाल दुवै सेनाले करिब एक हजार २५० किलोमिटर लामो फ्रन्टलाइनमा युद्ध जारी राखेका छन् । युक्रेनी वायुसेनाका अनुसार रुसी सेनाले नागरिक क्षेत्रहरूमा रातभर ब्यालेस्टिक क्षेप्यास्त्र र १२६ लामो दूरीका ड्रोन प्रहार गरेको छ । दक्षिणी सहर जापोरिझियामा रुसी ड्रोन हमलामा एक महिला मारिएकी र दुई साना बच्चासहित सात जना घाइते भएका छन् ।

    शान्ति सम्झौताको प्रयासका बाबजुद दुवै पक्षबिच अझै ठूलो दूरी देखिन्छ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युद्धविराम र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमने सामने भेटको प्रस्ताव राखेका छन् तर मस्कोले युद्धविराम अघि विस्तृत सम्झौता चाहन्छ ।

    फेब्रुअरी २४, २०२२ मा सुरु भएको आक्रमणका क्रममा पुटिनका मुख्य लक्ष्यहरू युक्रेनले नाटोमा सामेल नहुने, सेनाको आकार घटाउने र देशलाई मस्कोको प्रभाव क्षेत्रमा राख्दै रूसी भाषा र संस्कृतिको संरक्षण गर्नु रहेको पुटिनले बताए । जेलेन्स्कीले युक्रेनले रुसी कब्जा क्षेत्रहरू फिर्ता नगर्ने स्पष्ट सङ्केत दिइसकेका छन् ।

  • फागुन ५ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

    फागुन ५ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

    मेषः कामहरु बन्दैजानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । भाग्यले असल प्रेमपात्र जुराउनेछ । कृषि, भूमि र पशुधनबाट यथेष्ट लाभ हुनेछ । शैक्षिक क्षेत्रमा पनि राम्रो पक्ष देखिन्छ ।

    वृषः आज इष्ट सिद्धिको योग छ । मन प्रसन्न रहनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । शत्रुबाधा, मुद्दामामिला तथा कामका झमेलाहरूबाट मुक्ति मिल्नेछ । व्यापार तथा उद्योगतर्फ प्रशस्त फाइदा हुनेछ ।

    मिथुनः धार्मिक कार्यमा अवरोध आउन सक्नेछ । सन्तान तथा परिवारसंंग मतभेद हुन सक्नेछ । सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नु राम्रो पक्ष हुनेछ । परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ ।

    कर्कटः अनावश्यक चिन्ताले ध्यान विचलित गर्न सक्नेछ । स्वास्थ्यमा समस्या पार्न सक्नेछ । जीवजन्तुको भय रहनेछ । नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्नुहोला । पारिवारिक सम्बन्ध सुधार गर्न विशेष ध्यान दिनु राम्रो पक्ष हुन आउनेछ ।

    सिंहः आर्थिक उन्नति–प्रगतिको योग रहेको छ । सट्टेबाजी र शेयर बजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ । कुनै शुभ समाचारले मनमा शान्ति छाउनेछ । मीष्ठान्न भोजन प्राप्त हुनेछ ।

    कन्याः विवादका वावजुत पनि कार्य सफल हुनेछ । व्यापार व्यवसाय फस्टाउने छ । खर्च लागे पनि रमाइला ठाउँको भ्रमण गर्ने साइत जुर्न सक्नेछ । आयमूलक काम प्रारम्भ हुने योग रहेको छ ।

    तुलाः प्रेम सम्बन्धमा विवाद उत्पन्न हुनेछ । राजनैतिक कार्यमा रोकावटको सम्भावना देखिन्छ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ ।

    बृश्चिकः आफन्तजनसंग झैझगडा हुनसक्नेछ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला । कृषि तथा पशुधनबाट भने फाइदा मिल्नेछ ।

    धनुः पराक्रम बढेर जानेछ । आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तीको योग छ । कृषि तथा पशुधनबाट मनग्य फाइदा पुग्नेछ । नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ ।

    मकरः आज नियमित काम रोकिनाले वैकल्पिक उपायबारे सोच्न बाध्य भईनेछ । घाँटिमा समस्या आउन सक्नेछ । शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले केही समस्या सुल्झन सक्नेछन् । कुटुम्ब तथा परिवारजनमा आत्मीय भाव बढ्नेछ ।

    कुम्भः सामान्य कामबाट पनि मनग्य आर्जन गर्न सकिनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र राम्रो रहनेछ । आज नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सफल भईनेछ ।

    मीनः आज केही व्यावहारिक उतारचढाव आउन सक्नेछन् । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । फजुल खर्च बढनेछ । धनमाल हराउने सम्भावना देखिएकाले सुरक्षामा सजग रहनुहोला

  • चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

    चितवन। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहोल तातिएको छ । यसैक्रममा उम्मेदवार रेनु दाहालले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् ।

    निवर्तमान भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी दाहाल यतिबेला गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन् । घरदैलो कार्यक्रममार्फत स्थानीयका गुनासा, समस्या र सुझावहरू संकलन गर्दै उनी विकासका स्पष्ट एजेण्डासहित मत मागिरहेकी छन् ।
    भरतपुर वडा नं. २६ लहुरेचोकबाट घरदैलो सुरु गर्दै वडाका सबै टोल टोलपुगेर आफू नयाँ अनुहार नभई काम गरेर देखाइसकेको व्यक्ति भएको भन्दै जनतासँग गरेको वाचा पूरा गरिछाड्ने बताइन् ।
    भरतपुरमा बाटोघाटो, जंगली जनावर रोकथाम, मेसजाली फाउन्डेसन तथा नारायणी तटबन्धजस्ता ठूला योजना सम्पन्न भएको बताउँदै दाहालले भनिन्, “लगातार ९ वर्षसम्म महानगरको नेतृत्व गरेकाले मेरो काम यहाँका मतदाताले बुझ्नुभएको छ, त्यसैले मतदाताले परिणाम मेरो पक्षमा दिनुहुनेमा म विश्वस्त छु ।” उनले चितवन निकुञ्ज पीडितको स्थायी समाधान, सुकुमबासीलाई लालपुर्जा, र प्राविधिक शिक्षालाई विशेष जोड दिइएको स्पष्ट पारिन् । कृषि, पर्यटन र शिक्षाका मुद्दालाई जोडेर चितवनको विकास गर्ने आफ्नो एजेन्डा रहेको भन्दै निकुञ्ज ऐनमा संशोधनगरि नयाँ ऐन ल्याउनुपर्ने बताईन् ।

    मतदातासँगको भेटघाटका क्रममा धेरै स्थानमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको दाहालको दाबी छ। “विकासले निरन्तरता पाउनुपर्छ भन्ने जनताको चाहना देखिएको छ,” उनले बताइन् । कतिपय मतदाताले पुनः निर्वाचित गराएर पठाउने प्रतिबद्धता व्यक्त गरेपछि दाहाल थप उत्साहित देखिएकी छन् । उनले स्थानीय पूर्वाधार विकास, कृषि आधुनिकीकरण, महिला सशक्तीकरण, युवा स्वरोजगार तथा उद्यमशीलता प्रवद्र्धनलाई आफ्नो प्राथमिकतामा राखेकी छन्। आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने योजनासमेत उनले अघि सारेकी छन् ।

    चितवन–३ मा मत परिवर्तनको सम्भावना न्यून देखिएको र दाहालका पक्षमा माहोल बलियो बन्दै गएको ‘रेनु जिताउ’ अभियानमा सक्रिय सन्तोष देउजाले बताए । चुनाव नजिकिँदै जाँदा चितवन–३ मा उम्मेदवार दाहालको सक्रियता र जनसम्पर्क अभियानले थप ऊर्जा पाएको देखिन्छ । अब मतदाताको अन्तिम निर्णयले क्षेत्रको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।

  • रिड नेपालको सहकार्यमा चितवनका ४ पुस्तकालयबीच ट्याग परियोजना सम्झौता

    रिड नेपालको सहकार्यमा चितवनका ४ पुस्तकालयबीच ट्याग परियोजना सम्झौता

    चितवन, फाल्गुण ४ । किशोर किशोरीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित “टेक एज गर्ल (TAG) परियोजना” को सम्झौता तथा हस्ताक्षर कार्यक्रम सौराहा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, सौराहा चितवनमा सम्पन्न भएको छ।

    परियोजना रिड नेपाल र विभिन्न सामुदायिक पुस्तकालयहरूको सहकार्यमा सञ्चालन हुने बताइएको छ। हालका लागि १५ महिनाको अवधि निर्धारण गरिएको यस परियोजनाले १३ देखि १९ वर्ष उमेर समूहका किशोरी र किशारलाई विभिन्न प्रविधिमार्फत क्षमता विकास, व्यक्तित्व विकास तथा विभिन्न विषयमा वकालत गर्न सक्ने बनाउने लक्ष्य लिएको छ।

    कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका सामाजिक विकास समिति संयोजक सोहेन्द्र राज खरेलले यस्ता कार्यक्रमहरूले किशोर किशोरीहरूमा सकारात्मक प्रभाव पार्ने र उनीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले यस अभियानमा रत्ननगर नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

    विशिष्ट अतिथिहरूमा रत्ननगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष किरण महत्तो, वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण चापागाई, वडा नं. ६ की वडा सदस्य बविता चौधरी तथा वडा नं. ७ का वडा सदस्य कुल प्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण चापागाई, टरौली सामुदायिक पुस्तकालयका अध्यक्ष सागर मिश्र, झुवानी सामुदायिक पुस्तकालयका अध्यक्ष अनिल अर्याललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। परियोजनाबारे रिड नेपाल का कार्यक्रम अधिकृत तारा बहादुर थापाले विस्तृत जानकारी गराउनुभएको थियो।

    सम्झौतापत्रमा झुवानी सामुदायिक पुस्तकालय, सौराहा सामुदायिक पुस्तकालय, रत्नमान टेकबहादुर दिव्यज्योती सामुदायिक पुस्तकालय र टरौली सामुदायिक पुस्तकालयका अध्यक्षहरू तथा रिड नेपालका का डिप्युटी डाइरेक्टर चिनकाजी श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो।

    सौराहा सामुदायिक पुस्तकालयका उपाध्यक्ष सुजाता विष्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष ज्ञानेन्द्र कुमार विष्टले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन पुस्तकालयका व्यवस्थापक लक्ष्मी विडारीले गर्नुभएको थियो।

  • आसन, भाषण र शासनमा सुधार गर्छौं: विश्वप्रकाश शर्मा

    आसन, भाषण र शासनमा सुधार गर्छौं: विश्वप्रकाश शर्मा

    काठमाडौँ, फागुन ४। नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले देशको आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।

    चुनावी प्रचारको पहिलो दिन लमजुङको जिल्ला कार्यालय उद्घाटनपछि शर्माले सत्तामा एउटै व्यक्तिले निरन्तर आसन जमाउने परम्परा तोड्न कांग्रेसले १, २, ३, ४ को नीति लिएको बताए ।

    बदलिएको कांग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ, शर्माले भने, कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २, ३, ४ को नीति संविधानमा अंकित गर्नेछौँ । अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्यमन्त्री दुईपटकभन्दा बढी रहन पाउने छैनन् ।’

    कांग्रेसले विशेष महाधिवेशनबाट एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटकसम्म मन्त्री र चारपटकसम्म मात्र सांसद बन्न पाउने नीति पारित गरेको छ । चुनावी मैदानमा जस्तोसुकै आश्वासन दिने परम्पराले जनतामा निराशा बढाएको शर्माको भनाइ छ । सम्भव विषय मात्र राख्न उमेदवारलाई उनले आग्रह गरे ।