काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेका विषयहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् को पहिलो बैठकले यस्तो निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल ले जानकारी दिए।
उनका अनुसार आयोगले सिफारिस गरेका व्यक्ति तथा निकायमध्ये सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गरिनेछ। उक्त समितिले पेश गर्ने सिफारिसका आधारमा आवश्यक निर्णय गरिने उनले बताए।
अन्य विषयका हकमा भने आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालय लगायत सम्बन्धित निकायलाई निर्देशन दिइने पनि उनले जानकारी दिए।
उक्त आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङ विरुद्ध १० वर्ष कैद सजायसहित उच्च अधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको थियो।








प्रतिकृया दिनुहोस्