फागुन २० गते । चितवन निर्वाचन क्षेत्र नम्बर १ को मतगणना खैरहनी ६ स्थित भुवानी शंकर क्याम्पसमा गरिने भएको छ । सबै सुरक्षाको दृस्ठिले क्याम्पसलाई मतगणना स्थल तोकेर तयारी गरिएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । चितवन १ का निर्वाचन अधिकृत बिकास कुमार रजकका अनुसार मतगणनाको लागि आवश्यक तयारी पूरा भएको छ ।
मतगणनाको सुरक्षाका लागि मत गन्ने ठाउँमा तारजाली लगाईएको छ भने सिसि क्यामेरा जडान गरिएको रजकले बताए । संभावित कुनै घटना हुन नदिन हामी सचेत छौं,निर्वाचन अधिकृत रजकले भने – मतगणनाको सुरक्षालाई मध्यनजर गर्दै मत गन्ने ठाउँलाई तारजालिले घेरिएको छ,सिसि क्यामेरा जोडेका छौं । उनका अनुसार सुरक्षा ब्यबस्थालाई पनि चुस्त पारेर गणना गर्ने तयारी छ ।
मतदान सकिएपछी मतपेटिका भन्डारणका लागि क्याम्पसको हलमा राख्ने ब्यबस्था मिलाईएको छ । निर्वाचन अधिकृत रजकका अनुसार मतगणना सुरु भए पछि बढीमा तीन दिन भित्र नतिजा सार्वजनिक गर्ने गरि ४ स्थानमा गणना स्थल बनाईएको छ । प्रत्यक्ष तर्फको गणना पछि समानुपातिक तर्फको मत गनिने उनले बताए ।
त्यस अघि मतदानको लागि तोकिएको सबै केन्द्रमा मतदान अधिकृत सहित कर्मचारी ,सुरक्षाकर्मी पुगिसकेका छन् । केही ठाउँमा मतदान स्थल समेत निर्माण गरिसकिएको निर्वाचन अधिकृत रजकले बताए । चितवन १ मा १६८ वटा मतदान केन्द्र छन् भने ५६ वटा मतदान स्थल छन् ।








प्रतिकृया दिनुहोस्