प्रमुख समाचार

यातायात व्यवस्थापन गर्न नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन

चितवन । भरतपुर महानगरपालिकाअन्तर्गत पर्ने मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि आज प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखले स्थलगत अनुगमन गर्नुभएको छ । उहाँहरूले नारायणगढको लाइन्सचोकदेखि पुल्चोकसम्मको क्षेत्रमा अनुगमन गर्नुका साथै सर्वसाधारण, सवारी चालक तथा व्यवसायीलाई ट्राफिक नियमको पालना गर्न सचेतना गराउनुभएको हो । प्रमुख जिल्ला अधिकारी अर्यालले सवारीसाधन जथाभावी रोक्दा […]

पूरा पढ्नुहोस्

एक्सपर्ट चितवनमा भोलि सोमबार एजुकेसन फेयर गरिँदै

चितवन । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले भोलि फागुन ११ गते सोमबार शैक्षिक मेला ‘एक्सपर्ट एज’ आयोजना गर्दै छ । भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् । मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने […]

पूरा पढ्नुहोस्

भरतपुर–२५ मा १६० बढी राप्रपा कार्यकर्ता नेकपामा प्रवेश

चितवन । भरतपुर महानगरपालिका–२५ का १६० भन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूले पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी  (नेकपा) मा प्रवेश गरेका छन्। भरतपुरमा आयोजित एक कार्यक्रममा नवप्रवेशीहरूलाई चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रेनु दाहाल ले फुलमाला र अबिरसहित स्वागत गरिन्। विभिन्न टोल तथा वडाबाट आएका राप्रपा कार्यकर्ताहरूले सामूहिक रूपमा […]

पूरा पढ्नुहोस्

दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

गण्डकी। आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गरेको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा कृषिप्रतिको नकारात्मक सोच कायमै रहेका समयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले भरतपोखरीस्थित सुरौदीको तिखेढुङ्गामा दुई पाडी पाल्न सुरु गरेका थिए । आचार्यलाई तत्कालीन समयमा आफ्नै छिमेकी, इष्टमित्रसमेतले के गरेको होला भनेर होच्याउँथे, कुरा काट्ने गर्थे […]

पूरा पढ्नुहोस्

मणिका धाममा परम्परागत मेला लाग्ने

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाम (मुडका)मा लाग्ने परम्परागत मेला (जाँत)को तयारी पूरा भएको छ । यही फागुन १३ र १४ गते आयोजना हुने मेलाका लागि मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा व्यवस्थापनका कार्य सम्पन्न गरिएको हो । वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेला व्यवस्थित र सुरक्षित बनाउन […]

पूरा पढ्नुहोस्

ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने […]

पूरा पढ्नुहोस्

गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु

गोरखा । गोरखामा यात्रुवाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ । शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानीय ९५ वर्षीया सुकमाया लामाको मृत्यु भएको हो । काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नं को बसले ठक्कर दिँदा गम्भीर घाइते लामाको उपचारका क्रममा […]

पूरा पढ्नुहोस्

नेकपा संयुक्त चितवन ३ का उम्मेदवार जित बहादुर सुनार नेकपा प्रवेश

भरतपुर ८ फागनु । नेकपा संयुक्त चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार जित बहादुर सुनार नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेका छन् ।शुक्रबार भरतपुरमा भएका एक कार्यक्रमका बीच नेकपा संयुक्त परित्याग गरी सुनार नेकपा प्रवेश गरेका हुन् । सुनारलाई नेपाली कम्युनिष्ट पार्टीका नेता तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का चुनावी कमाण्डर ईश्वरी भट्टराईले टिका […]

पूरा पढ्नुहोस्

किम जोङद्वारा उत्तर कोरियाली जनताको जीवनस्तर सुधार्ने वाचा

उत्तर कोरिया । उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको दुर्लभ वर्कर्स पार्टी सम्मेलनको उद्घाटन गर्दै जनताको जीवनस्तर सुधार्ने र राष्ट्रको आर्थिक विकास तीव्र पार्ने प्रतिज्ञा गरेका छन् । सम्मेलनले प्योङयाङमा राज्यको सबै क्षेत्रमा निर्देशन र कार्यान्वयनका योजना प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताइएको छ । किमले भाषणमा भने, “हाम्रो पार्टीले आर्थिक निर्माण […]

पूरा पढ्नुहोस्

देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा जारी

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहका ६ हजार ७४३ वटै वडामा एकएक जना मतदाता शिक्षा […]

पूरा पढ्नुहोस्