प्रमुख समाचार
खामेनीको छोरी र ज्वाइँ मारिएको पुष्टि, नाति र बुहारी पनि रहेनन्
तेहरान ,फागुन १७ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीका परिवारका सदस्यहरू इजरायली-अमेरिकी आक्रमणमा मारिएको पुष्टि भएको छ। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग आबद्ध अर्ध-सरकारी समाचार संस्था फोर्स न्युजले खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको पुष्टि गरेको हो। सर्वोच्च नेता खामेनीको कार्यालयका जानकार स्रोतहरूलाई उद्धृत गर्दै फोर्स न्युजले यो खबर सार्वजनिक गरेको हो। सोही […]
पूरा पढ्नुहोस्
प्रधानसेनापति सिग्देलद्वारा निर्वाचन सुरक्षा केन्द्रित छलफल
कञ्चनपुर । प्रधानसेनापति अशोकराज सिग्देलले आज कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतनामा आसन्न निर्वाचनको विषयमा प्रदेश सुरक्षा संयन्त्रसित छलफल गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापन सुदूरपश्चिम पृतनाको निरीक्षणका क्रममा उनले निर्वाचन सुरक्षालाई त्रुटीरहित ढङ्गबाट सम्पन्न गर्न निर्देशन दिए । छलफलपछि प्रधानसेनापति सिग्देलले मातहतका युनिटलाई निर्देशन दिनुभएको सुदूरपश्चिम पृतनाले जनाएको छ । सो छलफलमा कैलाली र […]
पूरा पढ्नुहोस्
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
काठमाडौं– निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह […]
पूरा पढ्नुहोस्
“सौराहालाई बाढीबाट जोगाउँछु” — एमाले उम्मेदवार दावा दोर्जे लामा
चितवन, फागुन १३ — नेकपा एमाले चितवन क्षेत्र नम्बर १ का उम्मेदवार दावा दोर्जे लामाले पर्यटकीय क्षेत्र सौराहाको संरक्षण र विकासका लागि आफूले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। बुधबार निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रमको क्रममा सौराहाको गैँडा चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय रूपमा परिचित सौराहालाई बाढीबाट जोगाउन तथा समग्र विकासका लागि ठोस पहल […]
पूरा पढ्नुहोस्
झुलाघाट नाका तीन दिन बन्द हुने
बैतडी । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए। उनका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाका फागुन १८ गते राति १२ः०० बजेदेखि […]
पूरा पढ्नुहोस्
गण्डकीमा चुनावको तयारी तीव्र
गण्डकी । मतदानको दिन आउन ८ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा प्रतिनिधिसभा सदस्य चुनावको तयारी तीव्र पारिएको छ । सुरक्षादेखि अन्य व्यवस्थापकीय प्रबन्धका कामलाई तीव्रता दिइएको हो । प्रदेशका ११ वटै जिल्लामा मतपत्रसहितका निर्वाचन सामग्री पुगिसकेको प्रदेश निर्वाचन कार्यालय, पोखराले जनाएको छ । सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा […]
पूरा पढ्नुहोस्
चितवन–३ मा रेनु दाहालको पक्षमा कांग्रेसका दुई युवा नेता नेकपा प्रवेश
चितवन : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ मा चुनावी माहोल झन् तातेको छ। यसैबीच, रेनु दाहालको पक्षमा पार्टी प्रवेशको लहर बढ्दो क्रममा देखिएको छ। विकास र समृद्धिको एजेन्डासहित चुनावी मैदानमा उत्रिएकी दाहाललाई समर्थन गर्दै नेपाली कांग्रेसका दुई युवा नेता नेपाली कम्युनिस्ट पार्टि ( नेकपा ) प्रवेश गरेका छन्। कांग्रेसका युवा नेता राजकुमार […]
पूरा पढ्नुहोस्
सबैले उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेद्वार घोषणा गर्न रेनु दाहालको आह्वान
चितवन : नेकपा उम्मेदवार रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा सबै राजनीतिक दलले आफ्नो उम्मेदवारी फिर्ता लिएर आफूलाई साझा उम्मेदवार घोषणा गर्न आह्वान गरेकी छन्। चुनावी घरदैलो अभियानका क्रममा बोल्दै उनले विगतका कामको मूल्याङ्कनका आधारमा समर्थन नगर्न कुनै कारण नदेखिएको जिकिर गरेकी हुन्। उनले भनिन, “दुईवटा पार्टीका प्रत्यक्ष उम्मेदवारले उम्मेदवारी फिर्ता दिइसक्दा अन्य दलहरूले […]
पूरा पढ्नुहोस्
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्युु
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस आज त्रिशूली नदीमा खस्दा कम्तीमा १७ जनाको ज्यान गएको छ। प्राप्त प्रारम्भिक जानकारीअनुसार बस सडकबाट त्रीसुली नदि किनारमा खसेको थियो। दुर्घटनाको समयमा बसमा कम्तीमा ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। दुर्घटनापछि सुरक्षाकर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी , नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य तीव्र […]
पूरा पढ्नुहोस्
तीन दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस
काठमाडौं : निर्वाचन आयोगले चुनावका बेला तीन दिन सार्वजनिक बिदा सिफारिस गरेको छ । यही फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन आयोगले सरकारलाई भनेको हो । “मतदानमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ,” आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने […]
पूरा पढ्नुहोस्



